राजविराज, १४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नेकपा एमाले मधेश विरुद्ध पहाडिलाई भड्काउन लागेको आरोप लगाएका छन् ।
पार्टीको राजविराज नगर–८ वडा कमिटिद्वारा शुक्रवार राजविराजमा आयोजित विचार गोष्ठिमा वोल्दै उनले यस्तो आरोप लगाएका हुन् । एक समय पहाड विरुद्ध मधेशीलाई उचाल्दै राजनितिक स्वार्थपुर्तिको प्रयास हुने गरेको उनले बताए ।
संविधान संशोधन प्रस्तावको विरुद्धमा एमालेले शुरु गरेको मोर्चावन्दीले संविधान कार्यान्वयनमा वाधा भईरहेको भन्दै चित्त नवुझे संशोधन प्रश्तावमाथि अर्को संशोधन राख्न उनले नेकपा एमालेलाई सुझाव दिएका छन् । लोकतन्त्रमा फरक विचार राख्न सकिने भएपनि देश र जनताको आवश्यक्ता वुझेर सुझवुझपुर्ण कदम उठाउनु आवश्यक रहेको उनले बताए ।
सभापति समिर कुमार झाको अध्यक्षतामा आयोजित विचार गोष्ठिमा सांसद तेजुलाल चौधरीले संीवधान संशोधन मार्फत मधेशको माग पुरा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सांसद रंजितकुमार कर्ण, पार्टीका जिल्ला सचिव रामकुमार यादव, २ नं. क्षेत्रीय सभापति वद्रि महात्मान, ५ नं. क्षेत्रका पुर्व सभापति मुक्तिनाथ चौधरी, नेपाल महिला संघकी जिल्ला सभापति गिता यादवलगायतले मन्तव्य व्यक्त गरे ।