• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशी पत्रकार संघद्वारा सप्तरीमा तीन दिने पत्रकारिता तालिम सञ्चालन

मधेशी पत्रकार संघद्वारा सप्तरीमा तीन दिने पत्रकारिता तालिम सञ्चालन

राजविराज, १३ माघ । मधेशी पत्रकार संघद्वारा आयोजित ३ दिने न्यू मिडिया एण्ड रुरल जर्नलिज्म तालिम विहिवारदेखि राजविराजमा सञ्चालन भएको छ ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष पंकज दासले युवा वर्गमा सामाजिक सञ्जालको बढ्दो क्रेज रहेको भन्दै त्यसलाई सही ढङ्गले प्रयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि सामाजिक सञ्जालको माध्यमबाट सामाजिक समस्यालाई उठान गर्नुका साथै ग्रामिण भेगका मुद्दालाई सञ्चालमाध्यममा उठाउन युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । तालिममा सञ्चारमाध्यममा पहुँच नभएका अल्पसंख्यक एवम् सिमान्तकृत वर्गको सहभागिताले ग्रामिण पत्रकारिताको विकासमा मद्दत मिल्ने विश्वास उनले व्यक्त गरे ।
विशिष्ठ अतिथी शिवहरी प्रसाद भट्टराईले वदलिंदो परिस्थितीमा ग्रामिणमुखि पत्रकारिताको आवश्यक्ता रहेको वताए । तालिममा सिकेका कुरालाई व्यवहारमा लागुपर्नेमा उनले जोड दिए ।
अर्का विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डलले पत्रकारिता पेशा जिम्मेवारीयुक्त भएको भन्दै यसको वृहद महत्वलाई अंगिकार गरेर कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा मधेशी पत्रकार संघका केन्द्रीय सचिव एवम् प्रशिक्षक विपी साहले तालिमवाट आधुनिक प्रविधिअनुसार सहभागिहरु समाचार सम्प्रेषण गर्नमा सक्षम हुने विश्वास ब्यक्त गरे ।
उदघाटन सत्रमा नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति ब्यासशंकर उपाध्याय, पत्रकार महासंघका सप्तरीका सल्लाहकार जितेन्द्र खडगा, प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश कुमार झा, संघीय प्रेस फोरमका केन्द्रीय सदस्य शिवप्रताप साह, प्रेस युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झा, नागरिक दैनिकका सिरहा प्रतिनिधि मिथिलेश यादव लगायतले शुभकामना मन्तव्य ब्यक्त गरे । संघका सप्तरी जिल्ला अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित पत्रकारिता तालिमको उद्घाटन प्रमुख अतिथिसहित अतिथिहरुले गमलामा पानी हालेर उद्घाटन गरेका छन् ।
कार्यक्रम सञ्चालन संघकी सदस्य अञ्जु यादवले गरिन् । उक्त तालिममा सप्तरी, सिरहा र उदयपुरका ४१ जना प्रशिक्षार्थी मिडियाकर्मीहरुको सहभागिता रहेको छ ।