• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सावित्री स्मृति गुठीद्वारा पत्रकार ध्रुव अधिकारी सम्मानित

सावित्री स्मृति गुठीद्वारा पत्रकार ध्रुव अधिकारी सम्मानित

बीरगंज, १२ माघ । सुन्दर सावित्री स्मृति गुठी विरगंजद्वारा पर्सेली पत्रकारिताको क्षेत्रमा लामो समयदेखि विशेष योगदान दिएको भन्दै रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
बीरगंज स्थित भिष्वा स्तुपमा बुधवार आयोजित एक भव्य कार्यक्रमका बिच रेडियो नेपालका नारायणी अञ्चल सम्वाददाता समेत रहेका अधिकारीलाई सांसद राजेन्द्र बहादुर अमात्यले कदर पत्र, नगद पुरस्कार १५ हजार सहित सम्मान गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अमात्यले सामाजिक, सांस्कृतिक, धार्मिक लगायतका क्षेत्रमा सुन्दर सावित्री स्मृति गुठीले पु¥याएको योगदान प्रशंसा योग्य रहेको बताए ।
उनले सम्मानित व्यक्तित्व ध्रुव अधिकारीको पर्सेली पत्रकारितामा छुट्टै पहिचान रहेको र व्यवसायिक ईमान्दारिता, निष्पक्षताका साथ कलम चलाउने व्यक्तिको सम्मानले समग्र पर्सेली क्रियाशिल पत्रकारहरुको सम्मान भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले गुठीले विगत दुई दशक भन्दा बढी समय रेडियो पत्रकारितामा विताएका व्यक्तिलाई सम्मान गरेर ‘काम गरे समाजले सम्मान दिँदो रहेछ’ भन्ने कुरा प्रमाणित गरेको बताए । उनले सुन्दर सावित्री स्मृति गुठीले आगामी दिनमा यसैगरी पर्सेली सञ्चारकर्मीहरुलाई सम्मान गर्दै जाने विश्वास प्रकट गरे ।
स्मृति गुठीका अध्यक्ष रत्नेश्वरी गोर्खालीको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा बौद्ध संघका अध्यक्ष विरहर्ष शाक्य, नेपाल प्रेस युनियनका मधेश विभाग प्रमुख विजय कुशवाहा, प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष पुरुषोत्तम भट्टराई, पत्रकार महासंघका पूर्वअध्यक्ष शंकर खतिवडा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । यसअघि सुन्दर सावित्री स्मृति गुठीद्वारा बीरगञ्जको भिष्वामा स्थापित पञ्चबुद्ध प्राङ्गणमा सप्तविधान्तर बुद्ध पुजा अर्चनासमेत भव्य रुपमा गरिएको थियो । उक्त अवसरमा वीरगञ्जका ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।