• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विभाजित मानसिकताले प्राप्त उपलब्धि छायामा पर्न सक्छः प्रधानमन्त्री दाहाल

विभाजित मानसिकताले प्राप्त उपलब्धि छायामा पर्न सक्छः प्रधानमन्त्री दाहाल

सिरहा, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई विभाजित होइन एकिकृत गरेर नै विकास र पहिचान स्थापित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
सिरहाको गोलबजारमा आइतवार आयोजित शोक सभालाई सम्वोधन गर्दै उनले यस्तो जोड दिएका हुन् । ‘हामीले विभाजित होइन एकिकृत भएर विकास र आफ्नो पहिचान स्थापित गर्नु आवश्यक छ’ उनले भने ‘विभाजित मानसिकताले प्राप्त उपलब्धि समेत छायामा पर्न सक्छ ।’ संबिधान संशोधनले मात्र मधेशी, आदीबासी जनजाती लगायत सबैको समस्या समाधान हुने भएकाले ससंदमा प्रस्तुत भएको संशोधन प्रस्तावलाई सबै मिलेर पारित गराउनुपर्ने उनले बताए ।
नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साहकी आमा सागरदेवी साहको १३ औं पूण्यतिथीको अवसरमा गोलबजारमा आइतवार आयोजित शोकसभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल यहाँ आएका हुन् । उनले दलित, मधेशी, थारु, आदिवासी जनजाति सहित मधेश, पहाड र हिमाल सबैको समस्या संविधान संशोधनले समाधान गर्ने भन्दै शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाड्न खोजेको आरोप लगाए ।
एकिकृत भएर नै पहिचानका मुद्दालाई दरिलो पाराले उठाउन सकिने जिकिर गर्दै प्रधानमन्त्री दाहालले मधेश विना पहाडको कल्पना र पहाडविना मधेशको अस्तित्व स्वीकार सम्म गर्न नसकिने दावी गरे । उनले भने ‘नेपालको सँस्कृति, भुगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँसिएको छ कि मधेश, पहाड र हिमाललाई छुट्टयाएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेश केन्द्रित दलहरुको मुद्दालाई जतिसक्दो चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्नुपर्ने बताए । यसअघि आइतवारै प्रधानमन्त्री दाहालले कर्जन्हाको वस्तीपुरमा द्वन्द्वकालिन अवस्थामा शहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरु रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गरे ।
उनले गोलबजार–३ जम्दहस्थित तेतरियाको पर्यटकीय स्थल कुम्भीखाँडी दह क्षेत्रको मरम्मत तथा संरक्षण कार्यको शिलान्यास समेत गरे । श्रद्धाञ्जली सभामा कानुनमन्त्री अजयशंकर नायक, पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायत माओवादी नेताहरुको सहभागीता रहेको थियो ।