• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ०९ माघ । झापाको दमक–३ स्थित भित्रि सडक खण्डमा शनिबार बलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बेलुका ९ बजेतिर मे १ च ४०४४ नम्बरको बलेरोले को ५ प ३७०२ नम्बरको मोटरसाइकलमा सवार इलाम बाझो बस्ने ३३ बर्षिय जय कुमार राईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका राईको उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बलेरोका चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।