• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सङ्घीय प्रेस फोरमको केन्द्रीय सदस्यमा वैद्यनाथ र शिवप्रताप

सङ्घीय प्रेस फोरमको केन्द्रीय सदस्यमा वैद्यनाथ र शिवप्रताप

राजविराज, ८ माघ । सङ्घीय प्रेस फोरमको नेपालको केन्द्रीय सदस्यमा सप्तरीबाट दुई जना पत्रकारलाई मनोनयन गरेको छ ।
सप्तरी जागरण साप्ताहिक एवम् अनलाइनका सम्पादक वैद्यनाथ यादव र सामुदायिक रेडियो छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिव प्रताप साहलाई मनोनयन गरिएको हो । सङ्घीय प्रेस फोरमका केन्द्रीय अध्यक्ष गोविन्द छन्त्यालको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव एवम् प्रचार विभाग प्रमुख अजम्बर काङ्गमाङ्ग राईको विशेष आतिथ्यमा बसेको बैठकले उनीहरुलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
पत्रकार यादव विगत दुई दशकदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दैआएका छन् । उनी एभिन्यूज टेलिभिजनका सप्तरी सम्वाददाता समेत हुन् । यसैगरी साह हरियोपाटी अनलाइनका सम्पादक एवम् छिन्नमस्ता हालचाल साप्ताहिकका प्रकाशक हुन् । उनी करिव एक दशकदेखि रेडियो क्षेत्रमा सक्रिय रहँदैआएका छन् ।
यसैगरी सङ्घीय प्रेस फोरमको सोही बैठकले उपाध्यक्षमा हिमेश विक, सह–कोषाध्यक्षमा मुकेश कुमार मिश्र, केन्द्रीय सदस्यमा देवेन्द्र खापुङ्ग, लाला गुरुङ्ग, सञ्जय तिवारी र केशर राईलाई समेत मनोनयन गरिएको छ । यस्तै सङ्घीय प्रेस फोरमका महासचिव सरोज खिलाडी मिश्रलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकमा नेपाल पत्रकार महासंघको निर्वाचन र तयारी, आर्थिक कोष स्थापना, क्षेत्रीय भेला, रिपोर्टिङ्गलगायतका विषयमा समेत महत्वपूर्ण निर्णय भएको महासचिव खिलाडीले जानकारी दिएका छन् ।