• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

निजी तथा आवासीय विद्यालयहरुलाई राज्यले हेर्न दृष्टिकोण विभेदकारीः शाही

निजी तथा आवासीय विद्यालयहरुलाई राज्यले हेर्न दृष्टिकोण विभेदकारीः शाही

राजविराज, ७ माघ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन व्याव्सन)का केन्द्रीय अध्यक्ष कर्ण वहादुर शाहीले निजी तथा आवासीय विद्यालयहरुलाई राज्यले हेर्न दृष्टिकोण विभेदकारी रहेको बताएका छन् ।
एन प्याव्सन सप्तरीको राजविराजमा जारी पाँचौ जिल्ला अधिवेशनलाई शुक्रवार उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । निजी विद्यालयहरु राज्यले हेर्ने दृष्टिकोण विभेदकारी रहेको भन्दै त्यस विरुद्ध आफूहरुले सशक्त रुपमा आवाज उठाउँदै आएको बताए । दक्ष जनशक्ति उत्पादन गर्नमा निजी विद्यालयहरुले खेलेको भूमिका अतुलनीय रहेको बताउँदै प्रमुख अतिथि शाहीले राज्यले निजी विद्यालयलाई थप प्रोत्साहन गर्नुपर्नेमा घाँटी निमोठ्ने काम गरिरहेको बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले निजी विद्यालयहरुले पुर्याउँदैआएको योगदान सराहनीय रहेको बताए । जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले वालवालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा निजी विद्यालयहरुले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै आगामी दिनमा अझ जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अधिवेशनको उद्घाटन समारोहमा एन प्याव्सनका वरिष्ठ उपाध्यक्षद्वय जगदिश प्रसाद ओली, सुर्य वहादुर अधिकारी, केन्द्रीय उपाध्यक्षहरु पाण्डव हमाल ठकुरी, ज्ञानेन्द्र मोहन भट्टराई, ब्रजेन्द्र मिश्रा, मनोज घिमिरे, महासचिव प्रकाश वहादुर पाण्डे, सचिवहरु चन्द्रिका गुप्ता, प्रह्लाद दहाल, सुभाष न्यौपाने, थनेश्वर प्रसाद साह, कृष्ण दहाल, केन्द्रीय कोषाध्यक्ष कुमार वहादुर भट्टराई, सह–महासचिव शिवशंकर महतो, सह–कोषाध्यक्ष प्रताप वहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरे । यसैगरी केन्द्रीय सदस्यहरु नन्दन यादव, शम्भु अधिकारी, ईन्द्रदेव साह, पप्पु कुमार गुप्ता, एन प्याव्सन धनकुट्टाका अध्यक्ष प्रकाश निरौला, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष फुलेश्वर मण्डल, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, प्याव्सन सप्तरीका अध्यक्ष पञ्चदेव यादव, नेपाल प्याव्सन सप्तरीका अध्यक्ष दिनेश कुमार यादव, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
एन प्याव्सनका जिल्ला अध्यक्ष ई. बौकु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सदस्य दुर्गा प्रसाद यादवले गरे भने कार्यक्रम सञ्चालन सचिव नरेश प्रताप साहले गरे । सोही कार्यक्रममा शिव ईन्टरनेशनल बोर्डिङ्ग सेकेण्ड्री स्कूलका छात्रछात्राले सांस्कृतिक नृत्य प्रस्तुत गरे । सोही प्रमुख अतिथि शाही, शिक्षा अधिकारी पाण्डे, वरिष्ठ सल्लाहकार सुवद्धि साहलगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसैगरी कार्यक्रममा कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ भने २०७२ सालको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई पुरस्कृत गरिएको छ । बन्द शत्रबाट नयाँ कार्य समिति चयन गरिने जिल्ला सचिव नरेश प्रताप साहले जानकारी दिएका छन् ।