• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मोर्चाले राखेको बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

मोर्चाले राखेको बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

राजविराज, ७ माघ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फुसराज दुगडको घर अगाडि शुक्रवार बिहान फेला परेको ग्रिनेड बम नेपाली सेनाको टोलीले शुक्रवार दिउँसो निष्क्रिय पारेका छन् ।
राजविराजस्थित कृष्ण दल गणका सह–सेनानी भोजराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले नेपाल प्रहरी तथा सशस्त्रको सकृयतामा उक्त बमलाई निष्क्रिय पारिएको हो । बम फेला परेको स्थानमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) पर्चा भेटिएको जनाईएको छ ।
यसै बीच गोइतले एक प्रेस विज्ञप्ति जारी गर्दै गत पुस २७ गते आफुहरुले आह्वान गरेको तराई बन्दलाई अवज्ञा गर्नेहरुमध्ये दुगडको पसलको सटर अगाडि ग्रिनेट बम चेतावनी स्वरुप राखेको जनाएका छन् ।