राजविराज, ६ माघ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले विहीवार सप्तरीको छिन्नमस्तामा इलाका प्रहरी कार्यालयको तीन तल्ले भवन उद्घाटन गरेका छन् ।
शान्ति कोष सचिवालयको सहयोगबाट एक करोड ४७ लाख रुपैयाँको लागतमा निर्मित उक्त भवनको उद्घाटन गर्दै शर्माले यसबाट जिल्लाको दक्षिणी पश्चिमी भेगमा शान्ति सुरक्षामा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले पूर्वाञ्चलकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा दर्शनकालागि देश–विदेशबाट आउने हज्जारौं दर्शनार्थीको सुरक्षामा समेत मद्दत पुग्ने बताए ।
भवन निर्माण समितिका संयोजक सुरेन्द्रनारायण मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा निमित्त वरिष्ठ प्रहरी उपरीक्षक पवन प्रसाद पोखरेल, छिन्नमस्ता शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर, प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जग्गादाता जगन्नाथ ठाकुर लगायतले मन्तव्य व्यक्त गरे ।
सोही अवसरमा भवन निर्माण कार्यमा सहयोग पु¥याउने स्थानीय महानुभावहरुलाई प्रमुख अतिथी शर्मा र निमित्त क्षेत्रीय प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पवन प्रसाद खरेलले संयुक्त रुपमा कदर–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
पाँच कठ्ठा तीन धुर क्षेत्रफलमा निर्मीत अढाई तले सो भवनको लागत खर्च कुल एक करोड ४७ लाख ५९ हजार एक सय एकसठ्टी रुपैयाँ रहेको छ । भवनमा कार्यालय कोठा, भान्सा, ब्यारेक, हिरासत कक्षसहित १२ कोठा रहेको छ ।