• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तीन सय बोतल कोरेक्ससहित दुई जना पक्राउ

राजविराज, ५ माघ । सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका वडा नम्वर– ८ बाट मंगलबार राती तीन सय बोतल लागूऔषध कोरेक्ससहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत सुपौल भगवानपुर ग्रामपञ्चायत १० का शिवनन्दन पोदार र सप्तरी हनुमाननगर योगिनीमाई नगरपालिका ८ का मोहमद जावेद मियाँ रहेका छन् । हनुमाननगर दक्षिण कोशी पलारको बाटो हुँदै लागूऔषध तस्करी हुँदैछ भन्ने गोप्य सूचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा खटिएका टोलीले उनीहरुलाई राती साढे आठ बजे पक्राउ गरेको जनाईएको छ ।
बिआर ५० ई ८५३८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुले जुटको बोराभित्र लुकाई सो लागूऔषध बोकेका थिए । दुबै जनालाई बुधबार जिल्ला अदालत सप्तरीबाट लागूऔषध अन्तर्गत म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलायले जनाएको छ ।