• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हेल्थ असिस्टेन्ट संघले गृहमन्त्री निधीलाई बुझाए ज्ञापन पत्र

हेल्थ असिस्टेन्ट संघले गृहमन्त्री निधीलाई बुझाए ज्ञापन पत्र

वीरगञ्ज, ३, माघ । हेल्थ असिस्टेन्ट संघ नेपाल पर्साले सोमवार कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापन पत्र बुझाएको छ ।
हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रीय सदस्य अनिल कुमार यादव र जिल्ला सदस्य शिवनारायण मण्डलको नेतृत्वमा गएको टोलीले मन्त्री निधीलाई सो ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउँदै हानका सदस्य मण्डलले विगत १६ दिनदेखि जारी आन्दोलनबारे बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिपायल, पुनरावेदन अदालत कास्की, स्वास्थ तथा जनसंख्या मन्त्रालयको मिति २०७२ पुस ७ गतेको निर्णय र २०७१ पुस २४ को तेरिज कार्यान्वयन, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय हेटोडा लगायतको निर्णय कार्यान्वयन गर्न मन्त्रीलाई आग्रह गरेका थिए ।
जवाफमा मन्त्री निधीले आन्दोलनरत हेल्थ असिस्टेन्टहरुको मागबारे विस्तृत अध्ययन गरी तत्काल माग पुरा गराउन स्वास्थ्य मन्त्रालयमा बिशेष पहल गर्ने बताएका थिए । सो अवसरमा पर्सामा आन्दोलनरत हानका सदस्यहरुको उपस्थिती रहेको थियो ।