राजविराज, ३ माघ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कञ्चनरुप नगरपालिका–५ बेरियरले संस्था १० औं वर्षमा प्रवेश गरेको अवसरमा मधेश आन्दोलनका दुई जना सहिद परिवार र एक जना एकल महिलालाई सोमवार सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष अनोज यादव सहितकापदाधिकारीहरुले सोमवार मधेश आन्दोलनका सहिद राजीव राउतकी पत्नी निलम राउत, विरन्द्र रामकी पत्नी बबिता राम र वैरवा गाविस–७ की एकल महिला दुर्गादेवी सरदारको घरमै गएर सम्मान गरेका हुन् । अध्यक्ष यादवका अनुसार उनीहरुलाई नगद ११ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।