• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हिन्दु संस्कारको प्रभावले मगर संस्कृती धरापमाः उपाध्यक्ष मगर

हिन्दु संस्कारको प्रभावले मगर संस्कृती धरापमाः उपाध्यक्ष मगर

बृजमान तामाङ/बिरेन्द्र बजार, २ माघ । नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष सिता राणा मगरले हिन्दु संस्कारको प्रभावले मगर संस्कार संस्कृती धरापमा परेको बताएकी छिन् ।
नेपाल मगर संघ सप्तरीको आयोजना तथा नेपाल मगर संघ प्राराम्भिक समिति बसन्तपुरको सौजन्यमा सप्तरीको बकधुवामा शनिवार आयोजित माघ्या सगराती समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । हिन्दु संस्कारले मगरहरुको पहिचान लोप हुन लागेको बताउँदै मगरहरुको चाड दशै नभएको बताईन् ।
उनले मगरहरुको प्रमुख चार्ड माघ्या सगराती भएकोले मगरहरुले दशैं नमानेर आफ्नो मौलिक चाड मनाउनुपर्नेमा जोड दिईन् । मगर संघले मगरहरुको राष्ट्रिय धर्म बौद्ध भएको घोषणा गरेको जानकारी गर्दै उनले भनिन, हिन्दु संस्कृतीको प्रभावले मगर समुदायको संस्कार संकृती धरापमा परेको छ, संस्कृती संरक्षण संगै अधिकार प्राप्तीको लडाईमा एकजुट हुनु आवश्यक छ ।’
सांसद मानपुर चौधरीले प्राप्त उपलब्धिलाई संस्थागत गर्न मगर लगायत सम्पुर्ण उत्पीडितहरुलाई गोलवद्ध हुन आवश्यक रहेको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले बौद्ध धर्मलाई राष्ट्रिय धर्म घोषणा गर्नुपर्नेमा जोड दिए । नेपाल मगर संघका केन्द्रीय सदस्य चुना थापाले मगरात प्रदेश सहितकों संघीयता प्राप्त नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरिन् । नेपाल मगर संघ सप्तरीका अध्यक्ष चित्र बहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्रका सप्तरी संयोजक असर्फी सदा, संघीय समावादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादब, चुरे भाबर एकता पार्टीका केन्द्रिय सचिब उत्तम आचर्य, नेपाल मगर संघका पुर्ब केन्द्रिय सदस्य बिष्णु थापा मगर, ब्रहमण समाजका केन्द्रिय सदस्य बोधराज सुबेदी, लगायतकाले शुभकामाना मनतब्य ब्यक्त गरे । यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहाक अध्यक्ष श्रबण देब, नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष यम बहादुर खपाङ्गी मगर, आदिबासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले, भुजेल सेवा समाज सप्तरीका अध्यक्ष दिनेश भुजेल, नेपाल मगर संघ सिराहाका पुर्ब अध्यक्ष तेज बहादुर आले, इलाका प्रशासन कार्यालय कंचनपुरका प्रतिनिधि राम कुमार चौधरी समेतकाले शुभकामना मनतब्य ब्यक्त गरे । नेपाल मगर संघ सप्तरीको सचिव कर्ण बहादुर थापा मगर र ठाकुर खपाङ्गी मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष लिला थापा मगरले गरिन् ।
कार्यक्रममा उपस्थित अतिथीहरुलाई मगर पहिचान झल्किने मगर पोषाक घल्याक लगाएर सम्मान गरे । यस अघि सिमांकन संसोधन पारित गर, मगरात प्रदेश टुक्र्याउन पाईदैन, जातिय पहिचान र अधिकारसहितका संघियता हाम्रो साझा अडान सहितको नारा लेखिएको प्लेकार्ड र झाँकी सहित ¥याली निकालेर महुली बजार परिक्रमा गरेका थिए ।
यस्तै माघे संक्रान्तीको अवसरमा बाँतर समुदायले भव्यताको साथ कुल देवता गैडसिंह बाबाको पूजा गरे । बाँतर समुदायको संरक्षकको रुपमा मानिने कुल देवताको सप्तरी प्रसवनीमा सामुहिक पूजाको आयोजनना गरेको बाँतर समुदायका अगुवा कपिलदेव सरदारले जानकारी दिए ।