• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रियतामाथि प्रहार गर्नु एमालेको विखण्डनवादी सोचः मन्त्री लेखक

राष्ट्रियतामाथि प्रहार गर्नु एमालेको विखण्डनवादी सोचः मन्त्री लेखक

वीरगञ्ज, २९ पुस । भौतिक पूर्वधार तथा यातयात मन्त्री रमेश लेखकले मधेसका मागलाई लिएर एमालेले राष्ट्रियतामाथि प्रहार गर्नु विखण्डनवादी सोच भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसद्वारा शुक्रवार बाराको बहुअरीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । लोकतान्त्रिक मुल्य मान्यता अनुरुप जनतालाई अधिकार सम्पन्न बनाउने अभियानमा कांग्रेस लागेको बताए ।
उनले नेपाली कांग्रेस मधेसबाटै जन्मिएकोले मधेस र मधेसी जनतालाई कांग्रेसकै नेतृत्वमा अधिकार सम्पन्न बनाउने दावी गर्दै संविधान संशोधन प्रस्ताव पास भएरै छाड्ने बताए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले संविधान संशोधन र पुरानो संरचनामा निर्वाचन गर्ने अडान कांग्रेसले छाड्न नहुने बताउँदै ५÷७ वटा गाविसलाई मिलाएर बनाईएको गाउँपालिकाबाट विकास निर्माणमा समस्या उत्पन्न हुने दावी गरे ।
नेपाली कांग्रेस बहुअरी गाविसका बुथ सभापति कुन्ज बिहारी राउत कुर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व सांसद एवं नेपाली कांग्रेस पर्साका पुर्व सभापति अजय द्विवेदी, पुर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री, पुर्व सभासद् रामेश्वर रौनियार, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल, पुर्व केन्द्रिय सदस्यद्वय ईम्तियाज आलम, बैकुण्ठ श्रीवास्तव, नेपाल तरुण दल पर्साका अध्यक्ष विरेन्द्र पटेल, पुर्व अध्यक्ष राधेश्याम चौरसिया, महासमिति सदस्य श्याम पटेल, सुनिल गुप्ता, श्याम तिवारी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी आजै भौतिक पूर्वधार तथा यातयात मन्त्री रमेश लेखकले यातायात कार्यालयद्वारा वीरगंज १८ भेडियाहीमा निर्माण गरिने ट्रायल सेन्टरको स्थलगत अवलोकन समेत गर्नु भएको थियो ।