• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर, २९ पुस । मोरङ्गको विराटनगरमा शुक्रवार भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
धरानरोडको भृकुटि चौक नजिकै मोटरसाइकल, ट्रयाक्टर र सशस्त्र प्रहरी बलको ट्रक एक आपसमा जुध्दा भएको दुर्घटनामा विराटनगर– ८ का मनिष दुगडको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेको बा १ ग १८७३ नम्बरको सशस्त्र प्रहरी बलको ट्रक र को १ त ६५८४ नम्बरको ट्रयाक्टर र दुबै सवारीका चालक समेतलाइ प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको छ ।
दुर्घटना लगत्तै मृतक दुगडका आफन्त तथा स्थानीयवासीले करिब ३ घण्टा प्रदर्शन गर्दै सडक अवरूद्ध गरेका थिए । विराटनगरमा हाल अव्यवस्थित रूपमा सडक निर्माण कार्य भइरहेकोले दुर्घटनाको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको छ । केही महिना अघि मात्र सोही स्थानमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको थियो ।