• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

‘सुरौं का महासंग्राम’मा सप्तरीका युवा केशव चौधरी (भिडियो हेर्नुहोस्)

‘सुरौं का महासंग्राम’मा सप्तरीका युवा केशव चौधरी (भिडियो हेर्नुहोस्)

राजविराज । सप्तरीका युवा गायक केशव कुमार चौधरी ‘सुरौं का महासंग्राम’ को छनौटमा परेका छन् ।
भारतको चर्चित टेलिभिजन च्यानल सोनी सब टिभीले आयोजना गर्न लागेको प्रतियोगितामा उनी पटनामा १ जनवरीमा सम्पन्न अडिसनमा चौथो नम्वरमा छनौटमा परेका हुन् । सप्तरीको बरही बीरपुर गाउँ विकास समितिको वडा नम्वर–७ घर भई हाल राजविराज नगरपालिकामा अस्थायी बसोवास गर्दैआएका युवा गायक चौधरीले कुल ४ हजार ५ सय प्रतिष्पर्धी मध्ये उनी समेत चयन भएका छन् ।
विहारको राजधानी पटनामा सम्पन्न अडिसनमा विभिन्न क्षेत्रबाट आएका गायक–गायिकामध्येबाट २४ जन ाचयन भएको चौधरीले जानकारी दिएका छन् । ‘सुरौं का महासंग्राम’मा भारतको लखनउ, गुवाहाटी, कलकत्ता, बेङ्गलोर, हैदरावाद, नागपुर, भोपाल र दिल्ली अडिसनबाट छानिएका २४÷२४ जना प्रतिष्पर्धीको प्रतिष्पर्धा दिल्लीको मेगा अडिसनमा हुने जनाईएको छ । उक्त मेगा अडिसन फरवरीको पहिलो सप्ताहमा हुने युवा गायक चौधरीले ‘न्यूज टुडे’सँगको संक्षित कुराकानीका क्रमा जानकारी दिएका छन् ।
बाल्यकालदेखि नै गायनमा रुची राखेका केशवले अरुणाचल प्रदेशको आसाममा तीन वर्षसम्म गायनको प्रशिक्षण लिएका छन् । कवि सत्येन्द्रनाथ चौधरी एवम् स्व. मालती देवी चौधरीका सुपुत्र केशवका मैथिली भाषामा समेत गरी २२ ओटा गीत रेकर्ड भईसकेका छन् । बीकम उतीर्ण गरिसकेका उनले कुशल गायक बन्ने संकल्पकासाथ सङ्गीत साधनामा रहेका छन् ।