• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

धर्मी हल्फा क्लवद्वारा बेल्हीका अग्नीपीडितलाई राहत वितरण

धर्मी हल्फा क्लवद्वारा बेल्हीका अग्नीपीडितलाई राहत वितरण

राजविराज, २७ पुष । धर्मी हल्फा महिला विकास क्लव राजविराजद्वारा बुधवार सप्तरीको तिलाठी– ९ वेल्हीका अग्नीपीडितलाई राहत सामग्री वितरण गरिएको छ ।

गत पुष २१ गते आगलागिमा परि सर्वस्व गुमाएका मो. अब्दुललाई १ थान त्रिपाल, १ थान धोती, १ थान साडि, २ थान तन्ना, १ थान झुल, १ थान ब्ल्यांकेट (कम्वल), ५ थान थाल, ५ थान गिलास, १ थान कराई, १ थान डेक्ची लगायतका सामग्री उपलब्ध गराईएको छ । हेल्प नेपाल काठमाण्डौंबाट उपलब्ध भएको सहयोग सामग्री तिलाठी चौकीका सई रामकुमार यादव, संस्थाका अध्यक्ष ईन्जिनियर सुर्यनारायण यादव, दिपक यादवले पीडितलाई हस्तान्तरण गरेका छन् । संस्थाले केहीवर्ष यता आगलागी, बाढीप्रकोप, शीतलहर लगायतका दैवी प्रकोपको अवस्थामा राहत सामग्री वितरण गरिएको छ ।