• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

छिन्नमस्ताको रथ नेपाल भ्रमण गरी भारत प्रस्थान

छिन्नमस्ताको रथ नेपाल भ्रमण गरी भारत प्रस्थान

राजविराज, २७ पुस । सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्ति–पीठ सखडाबाट गत असार ३० गते निकालिएको राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा देशैभरिको यात्रा पुरा गरेको छ ।
नेपालमै पहिलो पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञको क्रममा निकालिएको यात्रा नेपालको विभिन्न ७३ जिल्लाको भ्रमण पुरा गरेको हो । विभिन्न जिल्लाको भ्रमण पश्चात बुधवार नवलपरासीको त्रिवेणी सागरमा स्नान तथा पूजाआजा गरिएको शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार मनाङ्ग र अन्य एक जिल्लामा रथ जान नसक्ने अवस्था रहेकोले बुधवार राती ९ बजे वीरगञ्ज नाका हुँदै औपचारिक रुपमा भारतको दरभङ्गा प्रस्थान गर्न लागेको छ । दरभङ्गा स्थित श्यामा देवी माई मन्दिरमा करिब एक साता विश्राम गरी आवश्यक तयारी गरी विधिवत पूजाआजा पश्चात विहारको विभिन्न जिल्लाकालागि प्रस्थान गरिने पीठाधीश ठाकुरले जानकारी दिएका छन् ।
उनका अनुसार बिहार राज्यको ३८ वटै जिल्लाको भ्रमण गरेर रथ एक साताअघि यज्ञस्थलमा फर्कने कार्यक्रम रहेको छ । छिन्नमस्ताबाट निस्किएको रथलाई सबै जिल्लामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा २०७३ चैत १६ गतेदेखि नेपालमै पहिलो पटक लक्षचण्डी रुद्र महायज्ञ आयोजना हुन लागेको छ ।