• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मारवाडी युवा मञ्चद्वारा राजविराजमा रक्तदान

मारवाडी युवा मञ्चद्वारा राजविराजमा रक्तदान

राजविराज, २५ पुस । मारवाडी युवा मञ्च राजविराजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

राजविराज स्थित गजेन्द्र चौकमा अवस्थित अतुल फार्मेसीको प्राङ्गणमा मारवाडी युवा मञ्चद्वारा सञ्चालित रक्तदान कार्यक्रममा २५ जना पुरुष र ४ महिलाले रक्तदान गरेका छन् ।
कार्यक्रममा उज्जवल कावरा, अमृत संचेती, उपेन्द्र प्रसाद साह, लभलाईट महतो, विशान्त जैन, प्रतिक जैन, अभिजित पेडिवाल, होमेश कावरा, आकाश महतो, श्याम देव, बसन्त जैन, कृष्णा पौडेल, विश्वास भट्टराई, शैलेन्द्र सिंह, विवेक जैन, देवेन्द्र सुवेदी, सुनित अग्रवाल, सन्तोष कुमार देव, प्रतिक कोइराला, अभय चौधरी, नानीकाला नेपाली, सुबोध गौतम, शान्ति नेपाली, श्री प्रसाद महता, सुमनराज भण्डारी, दुर्गेन्स कुमार झा, चाँदनी यादव, रिणा कुमारी दास र मधुसुदन कावराले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरुलाई मञ्चका अध्यक्ष अमृत सञ्चेतीले धन्यवाद समेत दिएका छन् । वार्षिक उत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत बहिरा विद्यालयमा रहेका बालबालिका, पविमाविमा रहेका आँखा नदेख्ने बालबालिका र राजदेवी स्थित रहेका बालबालिकालाई फलफुल वितरण गरिएको छ । यसैगरी सांसद तथा पुर्व सिंचाई मन्त्री उमेश यादवसँग युवाको सहभागिता देशको विकास विषयक अन्तक्रिया समेत आयोजना गरिएको अध्यक्ष सञ्चेतीले बताए ।