वीरगञ्ज, २५ पुस । ‘पुर्ण प्रेस स्वतन्त्रता, समावेशी प्रेस जगत एवं मधेसी पत्रकारहरुको आवाज’ भन्ने मुल नाराका साथ प्रेस मञ्च नेपालको प्रथम केन्द्रीय महाधिवेशन मङ्गलवार उद्घाटन हुने भएको छ ।
वीरगञ्ज गोपाल मण्डलीमा दुई दिनसम्म चल्ने महाधिवेशनको सम्पुर्ण तयारी पुरा भईसकेको मञ्चका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले बताए । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले उद्घाटन गर्ने कार्यक्रममा पार्टीका प्रभावशाली नेताहरु, सांसद, मधेस मामिलाका जानकार, देशमा क्रियाशिल पत्रकार संगठनका प्रतिनिधी, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, बरिष्ठ पत्रकार लगायतकाले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष पटेलले जानकारी दिएका छन् ।
पुस २६ गते उद्घाटन समारोह र २६ गते राती बन्द सत्र गर्ने एवं २७ गते महाधिवेशन सहभागी सम्पुर्ण पत्रकारहरुलाई प्रशिक्षण दिइने कार्यक्रम तय गरिएको छ । महाधिवेशनमा मधेस सहित काठमाडौं उपत्यका बाट २५ जिल्लाको करिब तीन सय सक्रिय पत्रकारहरुको उपस्थिति रहने जनाईएको छ ।