• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चिसो बढेपछि विद्यालयहरु एक साताकालागि बन्द

चिसो बढेपछि विद्यालयहरु एक साताकालागि बन्द

राजविराज, २५ पुस । अचानक सप्तरीमा चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालयहरु एक साताकालागि बन्द गरिएको छ ।
केही दिन यता बढेको अत्यधिक चिसोले जनजीवन कष्टकर बन्न थालेपछि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिएका छन् । आइतबारदेखि शुक्रबारसम्म विद्यालय बन्द रहने उनले बताए । माघ १ गते माघे संक्रान्ति हुने र २ गतेदेखि विद्यालय सञ्चालन हुने अध्यक्ष मण्डलले बताए ।