राजविराज, २२ पुस । ह्यापील्याण्ड सेकेण्डूी स्कूल राजविराजले आफ्नो स्थापनाको ३७औं वार्षिकोत्सव एक समारोहबीच शुक्रबार मनाएको छ ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले सप्तरी जिल्लामा गुणस्तरी शिक्षाको क्षेत्रमा ह्यापील्याण्ड सेकेण्डूी स्कूल अग्रणी रहेको बताए । उनले जिल्लामा १ लाख १० हजार बालबालिका विभिन्न विद्यालयमा अध्ययनरत रहेको जानकारी दिदै निजी विद्यालयतर्फ २५ हजार विद्यार्थी मध्ये १ हजार ५ सय विद्यार्थी ह्यापील्याण्डमै अध्ययनरत रहनु उदाहरणीय रहेको भनि प्रशंसा गरेका थिए ।
वार्षिकोत्सव समारोहमा विद्यालयका संस्थापक पुष्प सिटौला र पुण्य सिटौलाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रिन्सिपल विजयानन्द झाले गरेका थिए । उक्त अवसरमा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाण(पत्र प्रदान गरिएको थियो । यस अवसरमा विद्यालयका विद्यार्थीहरुले तयार पारेको हस्तकला, विज्ञानका सामग्री प्रदर्शन गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए ।