• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हेल्थ असिष्टेन्टहरु ३ घण्टा प्रहरी नियन्त्रण पश्चात रिहा

हेल्थ असिष्टेन्टहरु ३ घण्टा प्रहरी नियन्त्रण पश्चात रिहा

वीरगञ्ज, २२ पुस । गत पुस १७ गतेदेखि चरणवद्ध आन्दोलनमा उत्रेका पर्साका हेल्थ असिष्टेन्टहरुको आन्दोलनमा पर्सा प्रहरीले हस्तक्षेप गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राजकिशोर पंडितको कार्यकक्षमै धारणा मन्तव्य व्यक्त गरिरहेको अवस्थामा आन्दोलनकारीहरुलाई प्रहरीले हस्तक्षेप गरी हटाएको हो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक ऋषिराज ढुङ्गानाको नेतृत्वमा गएको प्रहरीहरुको टोलीले आन्दोलनकारीहरुलाई हटाउने क्रममा केही बेर कार्यालय तनावग्रस्त बन्नपुगेको थियो । आन्दोलनकारीहरुले चर्का नाराबाजी गरेका थिए । कार्यालय प्रमुख राजकिशोर पंडितलाई बहिर निकालेसँगै प्रहरीले आन्दोलनकारीहरुलाई समेत नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको थियो ।
पछि करिव तीन घण्टा पछि आन्दोलनकारीहरुलाई प्रहरीले छाडेको हेल्थ असिष्टेन्ट संघ पर्साका अध्यक्ष रबिन्द्र साहले जानकारी दिएका छन् । साहले माँग पुरा नभए सम्म आन्दोलन जारी रहने बताए ।
प्रहरी दमनको घोर भत्र्सना गर्दै आन्दोलनका अगुवामध्येका एक शिवनारायण मण्डलले शान्तिपुर्ण आन्दोलनमा उत्रेका राष्ट्र सेवक कर्मचारीमाथि प्रहरीले गैर लोकतान्त्रिक कार्य गरेको बताए । यसैगरी हेल्थ एसिष्टेन्टका केन्द्रीय सदस्य अनिल कुमार यादवले प्रहरी दमनको देशव्यापी भण्डाफोर गर्ने र यथाशिघ्र मांग पुरा नभए देशभरिका हेल्थ असिष्टेन्टहरु आन्दोलित हुने चेतावनी दिए ।
गत बुधबार र विहिबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बार्ता निष्र्कषबिहिन भएपछि आन्दोलनकारीहरु कार्यालय प्रमुखकै कार्यकक्षमा धारणा दिएका थिए । प्रहरीले हेल्थ असिष्टेन्ट नेपालका केन्द्रीय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, सदस्यहरु शिवनारायण मण्डल, सञ्जय यादवलगायत थिए । आन्दोलनमा , विनु श्रेष्ठ, अप्सरा देवकोटा, सञ्जीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मिला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको उपस्थिति रहेको थियो ।