• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धारा २७४ खारेज गरेर भए पनि सीमांकन हेरफेर गरौंः गठबन्धन

धारा २७४ खारेज गरेर भए पनि सीमांकन हेरफेर गरौंः गठबन्धन

काठमाडौं, २० पुस । मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधानको धारा २७४ खारेज गरेर प्रदेशको सीमांकन हेरफेर गर्न माग गरेको छ ।
संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धन बैठकले यस्तो माग गरेको हो । सर्वोच्च अदालतको आदेश सकारात्मक रहेको बैठकले ठहर गरेको छ । नेकपा एमालेले संसद अवरोध खोलेर संशोधन प्रस्ताव छलफलमा जान दिन बैठकले आग्रह गरेको छ ।
संघीय गठवन्धनका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको कुनै पनि धारालाई संशोधन, खारेज वा परिवर्तन गर्न सक्ने अधिकार विधायिकामा रहेको भन्दै २७४ लाई समेत खारेज गर्न सकिने तर्क राखेका छन् । सात प्रदेशले देशको समस्या समाधान नहुने भन्दै उनले प्रदेश बनाउन ढोका बन्द नगर्न आग्रह गरे । संविधान संशोधन प्रस्ताव पारित भएपछि मात्रै निर्वाचनमा जान मिल्ने गठबन्धनले ठहर गरेको छ । बैठकमा गठबन्धनका संयोजक उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका महासचिव मनिस कुमार सुमन, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।