• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दागर्दै फुँयालको निधन

‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दागर्दै फुँयालको निधन

काठमाडौं, १९ पुस । टेलिभिजन सिरियल तथा रङ्गमञ्चका चर्चित कलाकार विष्णुभक्त फुयाँलको मङ्गलवार निधन भएको छ ।
टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’ का रुपमा चर्चित रहेका उनको जमलस्थित राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दागर्दै निधन भएको हो । संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित र बद्री अधिकारीले निर्देशन गरेको नाटकमा उनी याज्ञबल्क्य भूमिकामा अभिनय गरिरहेका थिए । अभिनयका क्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् ।
चिकित्सकहरुले साँझ ६ः१० बजे उनको निधन भएको घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अस्पतालमै राखिएको छ । बुधवार बिहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिने जनाइएको छ ।
झण्डै ५ दशकदेखि रंगक्षेत्रमा सक्रिय फुयाँलका ‘बाध्यता’ र ‘शहीदको सपना’ नाटकसंग्रह प्रकाशित भएको छ । उनले तीतो सत्य, मधुमालती, अबिरल बग्दछ इन्द्रावती लगायत दर्जनौं टेलिफिल्म र चलचित्रहरुमा अभिनय गरेका छन् । उनी बामपन्थी विचारधारका व्यक्तित्व थिए । साभारः अनलाइन खबर डट्कम