सर्लाही, १८ पुस । नेपाल पत्रकार महासंघ मध्यमाञ्चल क्षेत्रीय समितिले नेपाल प्रेस युनियनका संस्थापक सदस्य तथा वीरगंजका वरिष्ठ पत्रकार कन्हैयालाल केसरीलाई सम्मान गरेको छ ।
सर्लाहीको लालबन्दीमा आयोजित कार्यक्रममा समितिले अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा रही योगदान दिदै आएका उनलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष शितल महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्ट, पुर्व अध्यक्ष धमेन्द्र झा, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वञ्जारा, बारा अध्यक्ष कमल उपाध्यायलगायत मध्यमाञ्चलका अन्य जिल्लाका पत्रकार महासंघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।