• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

युवाहरुले गरे मुख्य सडक र अस्पतालमा सरसफाई

युवाहरुले गरे मुख्य सडक र अस्पतालमा सरसफाई

राजविराज, १६ पुस । ‘सरसफाई तपाईको हातमा हामी युवा तपाईको साथमा’ भन्ने मुल नाराका साथ सप्तरी युथको ५० हप्ते कार्यक्रम अन्र्तगतको १८ औं हप्ताको सरसफाइ गजेन्द्र चौकदेखि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल मोडसम्म तथा अस्पताल परिसरभित्र समेत सरसफाइ गरिएको छ ।
सप्तरी युथले थालेको ५० हप्ते अभियान कार्यक्रम अन्र्तगत गरिएको उक्त सरसफाइमा स्थानीयहरुले समेत सहयोग गरेका थिए । प्रत्येक शनिवार बिहान गरिने उक्त सरसफाइ गजेन्द्र चौकबाट शुरुवात भई गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल मोड हुदै अस्पताल हाता तथा अस्पतालको समेत सरसफाइ गरिएको थियो ।
सप्तरी युथले दोश्रो हप्तामा गरिएको अंचल अस्पताल सरसफाइको समेत अनुगमन गर्ने मुख्य उद्धेश्य राखि गरिएको उक्त सरसफाइ अन्र्तगत उक्त सरसफाइ गरिएको हो । सरसफाइका क्रममा युवाहरु संग आवश्यक सामाग्री नहुनाले सरसफाइमा समेत कठिनाई भई रहेको उनीहरुले गुनासो गरेका थिए । सरसफाइ आवश्यक सामाग्रीहरु नभएका कारण हातले नै सरसफाइ गर्न युवाहरु बाध्य भएका थिए तथा मास्कको समेत उपलब्धता नभएकाले दुर्गन्ध हुँदाहँदै पनि बिना युवाहरुले सरसफाई गरेका छन् ।