ईलाम, १ ६ पुस । मेची राजमार्ग अन्तर्गत ईलामको कोबुङमा शुक्रबार साँझ बसले ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
मृत्यु हुनेमा पाँचथर फिदिम बस्ने बिशाल सम्बाहाम्फे रहेका छन् । मे ६ प २४१ नम्बरको मोटरसाइकलमा पाँचथर तर्फ जादै गरेका सम्बाहाम्फे र उनकासाथी झापा विर्तामोड ६ बस्ने रोशन कन्दङवालाई कोलबुङ २ कुटीडाँडामा मोटरसाइकल रोकी तस्वीर लिनेक्रममा झापातर्फ आउदै गरेको को १ ख ३५६१ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट सम्बाहाम्फेको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते कन्दङवाको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।