• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
टिपरको ठक्करबाट सुरक्षागार्डको मृत्यु

मोरङ, १७ पुस । मोरङको लेटाङ–भोगटेनीस्थित ओमम क्रशर उधोगको टिपरले ठक्कर दिँदा सोही उधोगका सुरक्षागार्डको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ डाँगीहाट ५ बस्ने ५९ वर्षिय जितबहादुर तामाङ छन् । साइकल चढेर डिउटीकालागि आउदै गर्दा लेटाङ–भोगटेनी ७ मा तामाङलाई खोलाबाट ढुङा लिएर आउदै गरेको ना.४ ख १३३७ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएकाले खोजी भई रहेको छ ।