• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रेडियो बिन्दासको खुल्ला रक्तदानमा १५२ जना सहभागी

रेडियो बिन्दासको खुल्ला रक्तदानमा १५२ जना सहभागी

बिरगञ्ज ,१५ पुस । बिरगञ्जबाट प्रसारणमा रहेको रेडियो बिन्दास ९४.८ मेगाहर्जले शुक्रवार घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रेडियो बिन्दासका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आर.सी यादवको अध्यक्षतामा भएको कार्यक्रममा ९ महिलासहित १५२ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा आर.सी यादव, रोजी यादव, अनिता रौनियार, माल्ती कुश्वाहा, अनिसा देवल, निसा मिश्रा, पशुपति देवी, रुपसिला जैसवाल, निलम चौधरी, अन्जु यादव, राजेन्द्र सिंह राजपुत, कृष्ण यादव, श्रोता मोहमद जावेद अंसारी, महेश सरार्पm,वकिल गद्दी, हाकिम खान, शिक्षक सम्भु जैसवाल, सानो पाइलाका संचार प्रमुख सुबिर घोष, कुर्मी सशक्तिकरण मञ्चका उपाध्यक्ष बिशेसवर प्रसाद पटेल, रेडियोका प्रबिधिक प्रदिप पंडित, दिवेश यादव लगायत रहेका छन् ।
कार्यक्रमा रक्तसंचार केन्द्रका प्रमुख प्रबिण मानन्धर, ब्लल्ड डोर्नस एसोसीएसनका सचिव अरबिन्द सिंह, रक्तसञ्चार केन्द्रका प्रविधिक निरञ्जन गुप्ता, मेघनाथ सहनी, लोकेन्द्र पटेल, सर्पmलाल महतो, जितेन्द्र महतो, कृष्ण मुरारी तथा नर्सिङग क्याम्पस बिरगंजका विधार्थीहरु र नेपाल भारत मैत्री रेडियो श्रोता संघका कुर्वान हवारीले प्राबिधिक सहयोग गरेका थिए भने रेडियो बिन्दासका निर्देशकद्वय पन्नालाल प्रसाद एवम् बिरेन्द्र साहले रक्तदान गरि समापन गरे ।