• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एमाले नेताबाट शिविर उद्घाटन नगराउन मोर्चाको चेतावनी

एमाले नेताबाट शिविर उद्घाटन नगराउन मोर्चाको चेतावनी

राजविराज, १४ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका र खर्चुहियामा शुक्रवार आयोजना हुन लागेको स्वास्थ्य शिविरको उद्घाटन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबाट नगराउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चेतावनी दिएको छ ।
मोर्चाले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । ‘आफूहरु स्वास्थ्य शिविरको स्वागत हामी स्वागत गर्छौ तर स्वास्थ्य जस्तो संवेदनशिल विषयको आडमा मधेशी जनतालाई भ्रममा पारी आफ्नो कालो चरित्रलाई सेतो पार्ने षडयन्त्र गर्ने प्रयास भएको छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘एमाले नेता माधव नेपालले उद्घाटन गर्ने कार्यक्रमको हामी कडा प्रतिकार गर्ने निर्णय गरेका छौं ।’
यसैगरी खर्चुहिया बजार समितिका अध्यक्ष रामचन्द्र चौधरीले समेत प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रमको उद्घाटन स्थानीय वृद्ध नागरिकबाट गरिए आफूहरुको आपत्ति नरहने जनाईएको छ । उक्त कार्यक्रम नेता नेपाल वा अन्य कुनै नेताबाट गराईए आफूहरु कडा प्रतिकार गर्ने विज्ञप्तिमा जनाईएको छ ।
मोर्चाले खर्चुहिया बजारमा सांकेतिक विरोध स्वरुप विहीवारै एक घण्टा पूर्व–पश्चिम लोकमार्गमा चक्काजाम समेत गरेका छन् । उक्त विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको बैठक खर्चुहियामा सम्पन्न भएको छ । बैठकमा सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डल , सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय सत्यनारायण यादव, दिनेश यादव , जिल्ला अध्यक्ष सुनिल झा, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, रामसपाका जिल्ला अध्यक्ष सतिश सिंह, समाजवादी युवा लिगको केन्द्रीय उपाध्यक्ष मुकेश कर्ण, जिल्ला सचिव श्रवण यादव, जिल्ला उपाध्यक्ष भागिरथ साह, मोर्चाका संयोजक अमरनाथ मण्डल, फोरम गणतान्त्रिक को केन्द्रीय सदस्य शंकर प्रसाद चौधरी, जिल्ला अध्यक्ष हरेराम यादव, फोरमका क्षेत्रीय अध्यक्ष ऐयुब राइनलगायत स्थानीय नेताहरूको उपस्थिति थियो ।