राजविराज, १२ पुष । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संसद अवरुद्ध गरेर नेकपा एमालेले देशमा ठुलो सङ्कट निम्त्याउन खोजेको आरोप लगाएका छन् ।
राजविराज स्थित जिल्ला पार्टी कार्यालयमा मङ्गलवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो कुरा बताएका हुन् । एमालेले संघियता नै समाप्त पार्न खोजेको आरोप लगाउँदै उनले भने ‘संविधान संसोधनको विषयमा संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र हो, यथास्थितिमा संविधान स्विकार गर्न नसक्ने र एमालेले परिवर्तन स्विकार गर्न नसक्ने भएपछि देशमा थप सङ्कट निम्तिने अवस्था सिर्जना हुन थालेको छ । लामो समयसम्म संविधान संसोधन कार्य अवरुद्ध भए मधेशी जनताले उक्त संविधान नै खारेज गर्ने यादवले चेतावनी समेत दिए ।
उनले २०७३ वाट २०७५ आउने तर २०४७ नआउने भन्दै संघियता र समावेशीको कुरा समाप्त हुने विषय कल्पना पनि नगर्न आग्रह गरे । नेकपा एमाले जनभावना विपरीत यथास्थिति र पश्चगमनको बाटोमा लागेको आरोप समेत लगाएका उनले पछिल्ला गतिविधिले एमालेले घोर दक्षिणपन्थीहरुको नेतृत्व गरिरहेको स्पष्ट हुने दावी गरे । संविधान संशोधनका विषयमा सरकारवादी पार्टी पनि जिम्मेवार हुन नसकेको भन्दै उनले माओवादी र कांग्रेसले जुन रुपमा अगाडि वढाउनु पर्ने हो त्यो रुपमा संसोधनको प्रकृया अघि वढ्न नसकेको बताए ।
पहिचान, आदिवासी जनजाति, मधेसी, दलित लगायतका सिमान्तकृत समुदायको माग अव पनि संवोधन नभए मधेशी मोर्चा आन्दोलन जाने र आन्दोलनबाटै अधिकार सुनिश्चितताको बाटो खोजिने बताए । उनले अलग राष्ट्र निर्माण हुन पनि नसक्ने र भएपनि मधेशी जनताले त्यसवाट लाभ लिन नसक्ने दावी गरे ।