• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सेभ द सप्तरीद्वारा सामाजिक लेखा परीक्षण कार्यक्रम

सेभ द सप्तरीद्वारा सामाजिक लेखा परीक्षण कार्यक्रम

राजविराज, १० पुस । सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीद्वारा आइतवार सामाजिक लेखा परीक्षण कार्यक्रम आयोजना गरियो ।
जिल्ला विकास समितिको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रम सप्तरी क्षेत्र नम्वर–३ का सांसद एवम् निवर्तमान सिंचाई मन्त्री उमेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि यादवले सामाजिक रुपान्तरणमा सामाजिक संस्थाहरुले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए । सेभ द सप्तरी सप्तरीले किसानहरुकालागि उल्लेखनीय कार्यहरु गरेको भन्दै शिक्षा, आर्थिक उपार्जनलगायतका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले सुझाव दिए । सबै काम सरकारले नै गरिदिनुपर्छ भन्ने मानसिकता त्यागेर आफ्नो गाउँ–ठाउँको विकास गर्न आम जनतासमेत सचेत हुनुपर्नेमा उनले जोड दिए ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देव, पत्रकार राजु विश्वकर्मा, समाजसेवी हितनारायण लाल दास, कुपही माध्यमिक विद्यालयका प्रधानाध्यापक जवाहरलाल यादव, रामचन्द्र यादव, शंकर पंडित, रुपनारायण विष्ट, शिवकुमारी मण्डल, सिताम्बर यादव, गोपाल चौधरी, समन खातुनलगायतले सुझावसहित मन्तव्य व्यक्त गरे । कार्यक्रममा सेभ द सप्तरीको वार्षिक गतिविधिसहितको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो ।