राजविराज, १० पुस । आफूलाई पक्राऊ गरी हिरासतमा यातना दिएको भन्दै स्वतन्त्र मधेश गठबन्धनका स्वराजीहरुले क्षतिपूर्तीको माग गर्दै बाँके प्रहरी प्रमुख विरुद्ध मुद्दा दायर गरेका छन् ।
नेपालगञ्जमा मंसीर १० गते शांतिपूर्ण रुपमा रंगभेद–विरोध दिवस मनाइरहेको अवस्थामा बाँके प्रहरीले आफूलाई पक्राउ गरी हिरासतमा यातना दिएको भन्दै स्वराजीहरुले मुद्दा दायर गरेका हुन् । अब्दुल खान, हरपाल सिंह, राममनोहर यादव र इरफान शेखले बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । उक्त मुद्दामा बाँके जिल्लाका प्रहरी प्रमुख टेक प्रसाद राई समेतलाई प्रतिवादी बनाईएको छ । उक्त मुद्दाको तारीख अदालतले माघ १० गतेकोलागि दिएको छ ।