• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सांसद यादवद्वारा दलित विद्यार्थीलाई प्रोत्साहन छात्रवृति

सांसद यादवद्वारा दलित विद्यार्थीलाई प्रोत्साहन छात्रवृति

राजविराज, ९ पुस । व्यवस्थापिका संसदका सदस्य एवम् निवर्तमान सिंचाई मन्त्री उमेश कुमार यादवको निजी कोष अन्तर्गत जेहेन्दार दलित विद्यार्थीलाई प्रोत्साहन स्वरुप शनिवार छात्रवृति वितरण गरियो ।
सप्तरीको ईटहरी गाउँ विकास समिति स्थित रञ्जितपुरमा आयोजित कार्यक्रमका बिच दलित जेहेन्दार छात्रछात्रालाई छात्रवृति वितरण गरिएको हो । दलित छात्रावास निर्माण समिति सप्तरीद्वारा आयोजित कार्यक्रममा भूपेन्द्र खङ्ग, रेखा कुमारी राम, दिलिप मरिक, दिलिप कुमार सदा र आनन्द रजकलाई पाँच हजारका दरले वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंचाई मन्त्री यादवले दलित समुदाय अझैं पनि शिक्षाको पहुँचबाट समेत बञ्चित रहेको भन्दै प्रोत्साहनकालागि छात्रबृति वितरण कार्यको शुरुवात गरिएको बताए । उच्च शिक्षा हासिल गने दलित समुदायका विद्यार्थीहरुको संख्या एकदमै न्यून रहेकोले राज्य गम्भीर बन्नुपर्नेमा जोड दिँदै उनले भने ‘पछाडि परेका समुदायलाई राज्यको मूलधारमा ल्याउन राज्यले विभिन्न सुविधाहरु दिईनुपर्दछ, आंशिक रुपमै भए पनि मैले शुरुवात गरेँ, आगामी दिनहरुमा यसलाई थप प्राथमिकताकासाथ निरन्तरता दिनेछौं ।’
आयोजक समितिका अध्यक्ष किसुनदेव रामको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवम् पूर्व सभासद् असर्फी सदा, भागवत यादव, दलित कर्मचारी मिलन केन्द्रका अध्यक्ष सुखदेव राम, श्रोत व्यक्ति देवनारायण यादव, अवकाशप्राप्त प्रधानाध्यापक महन्थी यादव, प्रथमलाल राम, सञ्जय राम, विष्णुदेव राम, रामचन्द्र खङ्ग, सुखदेव रामलगायतले दलित छात्रवृति वितरणको प्रशंसा गरे ।