• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लोकमानलाई कालोमोसो

काठमाडौं, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई विहीवार कालोमोसो दलिएको छ ।
नेकपा माओवादीको कार्यकर्ता बताउने समूहले उनलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलेका हुन् । योग्यता सम्बन्धी मुद्दामा पेशीकालागि सर्वोच्च अदालत पुगेको अवस्थामा उनलाई कालोमोसो दलेको जनाईएको छ । हातमा कालो लगाएर आएका माओवादी कार्यकर्ताले झम्टेर कार्कीको अनुहारमा कालोमोसो दल्न सफल भए ।
कालोमोसो दल्ने माओवादी कार्यकर्ताले ‘नेकपा माओवादी जिन्दावाद’को नारा लगाउँदै भाग्ने प्रयास गरे पनि उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । कार्कीको मुखमा कालोमोसो दलेपछि उनी मुख धोएर बाहिर निस्केका थिए ।

 तस्विर सौजन्यः पहिलोपोष्ट डट्कम