मोरङ्ग, ६ पुस । मोरङको विराटनगर २१ बाट बुधबार तीन किलो लागूऔषध चरेशसहित एक भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत कोलकाता स्माईल बस्तापुर लेन खिदिपुर बस्ने ३५ वर्षिय शेख रियाज रहेका छन् । रियाजलाई बुधबार बिहान बिराटनगर–२१ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाट नजिकबाट सिमा प्रहरी चौकी रानी र लागू औषध नियन्त्रण ईकाई विराटनगरको टोलीले पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा उनले दुबै खुट्टा र कम्मर पेटीको लाईनमा सेतो टेपले बाँधी लुकाएको अवस्थामा लागूऔषध बरामद भएको छ । रियाजलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।