• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लहानमा समाजवादी पार्टीका एक दर्जन नेता पक्राउ

लहानमा समाजवादी पार्टीका एक दर्जन नेता पक्राउ

लहान, ६ पुस । नागरिक समाजवादी पार्टीले आह्वान गरेको थरूहट तराई चक्काजामका क्रममा प्रहरीले बुधवार सिरहाको लहानमा एक दर्जन नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
लहानमा भईरहेको चक्काजामका क्रममा प्रहरीले प्रदर्शनकारीहरुलाई पक्राउ गरेको हो । प्रदर्शनका क्रममा नागरिक समाजवादी पार्टीका प्रवक्ता राज थारू, केन्द्रीय सदस्य खड्ग नारायण चौधरी, रामचन्द्र थारू, अनिल चौधरी, जिल्ला संयोजक दशमीलाल चौधरी, नागरिक विद्यार्थी फ्रन्ट, जेए. एस. क्याम्पसका संयोजक अनिल चौधरी, सदस्य सन्तोष चौधरी, दुर्गा थारू लगायतका वन्दकर्ताहरू पक्राउ गरिएको छ । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय, लहानमा राखिएको छ ।