• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशको माग सम्वोधन नभए यो संविधान स्वीकार्दैनौः अध्यक्ष यादव

मधेशको माग सम्वोधन नभए यो संविधान स्वीकार्दैनौः अध्यक्ष यादव

राजविराज, ५ पुस । तराई–मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले संविधान संशोधनबाट मधेशको माग सम्बोधन नभए आफुहरुले कुनै हालतमा यो संविधान नस्वीकार्ने बताएका छन् ।
पार्टीको जिल्ला कमिटि बैठकमा भाग लिन मङ्गलबार राजविराज पुगेका यादवले सञ्चारकर्मीहरुसित कुराकानी गर्दै यस्तो कुरा बताएका हुन् । यथास्थितिमा गरिने संविधान संशोधनले सिमाङ्कन, नागरिकता, समानुपातिक समावेशीलगायतको माग पूरा हुन सक्तैन उनले भने ‘माग पूरा नहुने संशोधनलाई समर्थनकालागि हामी बाध्य छैनौं ।’
नेकपा एमालेले परिवर्तनबाट आएको संघीयता र गणतन्त्रको विषयलाई नै संसद अबरुद्ध गरी धरापमा पार्न लागेको उनले आरोप लगाए । संविधान निर्माण गर्ने लोकतन्त्रकालागि लडेको जस लिन आतुर एमाले अहिले संसद सुचारु हुन नदिई हठमा लागेको भन्दै उनले यसबाट हुन सक्ने अनिष्टको जिम्मेवारी पनि उसैले लिनु पर्ने बताए । मधेशी मोर्चाको एक घटक तराई–मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष यादवले संसद अबरुद्ध पारी लोकतान्त्रिक विधि प्रकृयामा तगारो बन्नु भन्दा सम्वाद र सहमति मार्फत संसद सुचारु गर्नेतिर लाग्न एमालेलाई सुझाव दिए ।
मुलुकमा विद्यमान राजनीतिक जटिलताको निकास फेरि पनि वार्ता, सम्वाद र सहमति नै रहेको बताउँदै उनले आफुहरु त्यसकालागि तत्पर रहँदै आएको स्पष्ट पारे । तमसपा र संघीय समाजवादी फोरमकाबीच एकीकरणबारे भई रहेको चर्चा छ नि ? भनी राखिएको जिज्ञासामा उनले कथन थियो । एकीकरणको कुरा हल्ला मात्रै हो, अहिले सम्भावना छैन ।