मोरङ, ५ पुस । मोरङको लखन्तरी–७ मा गएराती आगलागीबाट तीन घर जलेर नष्ट भएको छ ।
आगलागीबाट लखन्तरी–७ बस्ने नारायण माझी, ललित ठाकुर र झगरू माझीको फुसले बनेको घर जलेको हो । राती करिब ११ बजे नारायण माझीको भान्साकोठको बिद्युत लाईन सर्ट हुँदा आगलागी भएको बुझिएको छ । आगोले नारायण माझीको घर, भान्सा, गोठ, ललित ठाकुर तथा झगरु माझीको घर तथा घरभित्र रहेको सामानहरु जलेका छन् ।
आगलागीबाट उनीहरुको करिब आठ लाख बराबरको धनमाल क्षति भएको छ । आगलागी स्थानीय प्रहरी र गाउँलेको सहयोगमा राती १ बजे नियन्त्रण गरिएको थियो ।