सिरहा, ५ पुस । सिरहाको धनगढीबाट प्रहरीले बेवारिसे अवस्थामा सखुवाको चार थान काठ बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यलाय गोलबजारबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर बस्नेतको नेतृत्वमा खटिएको गस्ती टोलीले आइतबार राती ११ बजे सिरहा धनगढीमाई नगरपालिका ७ कसाहास्थित सडक किनारमा बेवारिसे अवस्थामा छाडिएको ३५ क्यु.वि.फिट काठको मुढा फेला पारेको हो ।
बरामद काठ आवश्यक अनुसन्धान पश्चात वन कार्यालयमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।