ईलाम, ४ पुस । ईलामको बाँझो गाविस २ मा आइतबार बिहान जंगली हात्तीले आक्रमण गरी एक जना घाइते भएका छन भने दुई घर भत्काएको छ ।
जंगलबार निस्केको हात्तीको आक्रमणबाट बाँझो २ भद्रे बस्ने सोमबहादुर राईको पत्नी सञ्चोमाया राई घाइते भएकी छिन् । घाइते राईलाई उपचारकालागि दमकतर्फ ल्याइएको छ ।
त्यसैगरी हात्तीले सोही ठाउँका रामबहादुर राई र जुनेल राईको ढुङा माटोले बनेको घर तथा भान्सा भत्काउँदा अन्दाजी एक लाख पचास हजार बराबरको कष्ति भएको छ ।