झापा, ४ पुस । झापाको दुई स्थानमा गएराती छुट्टा छुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
झापा दुवागढी ४ तेलीबारीमा आइतबार राती ८ः४५ बजे मोटरसाइकल दुर्घटना हुँदा झापा मेचीनगर नगरपालिका ७ का रुपेश मेचे र सोही स्थानका मनोज मेचेको उपचारकालागि लैजाने क्रममा मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत तेलीबारीमा पश्चिमबाट पूर्व आउदै गरेको मे. ५ प ३०९५ नम्बरको तिव्र गतिका कारण दुर्घटना हुँदा दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबैलाई उपचारकालागि विएनसी अस्पताल लगिएकोमा अस्पताल पुर्याएको केही समय पश्चात उनीहरुको मृत भएको थियो ।
त्यस्तै दमक नगरपालिका १ मा राती ८ः३० बजे मे.३ प. ९००० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दमक नगरपालिका १२ का साइकलयात्री कमल श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठलाई बाटो क्रस गर्नेक्रममा पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते श्रेष्ठको लाईफ लाईन अस्पताल दमक उपचार भइरहेको छ भने मोटरसाइकल, साइकल र मोटरसाइकलका चालक इलाका प्रहरी कार्यालय दमकमा रहेका छन् ।