• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
टेम्पो र मोटरसाइकल ठोक्किँदा पाँच घाइते

उदयपुर, ३ पुस । उदयपुरको त्रियुगा नगरपालिका १ गाइघाट बोक्से सडकमा शनिबार साँझ टेम्पु र मोटरसाइकल एक अर्कासंग ठोक्किंदा पाँच जना घाइते भएका छन् ।
गाइघाटबाट बोक्से तर्फ जादै गरेको ज १ ह १०९७ नम्बरको टेम्पु र विपरति दिशाबाट आउदै गरेको बा. २५ प ७७२४ नम्बरको मोटरसाइकल साँझ पौने ६ बजे एक अर्कासँग ठोक्किएको थियो ।     दुर्घटनामा टेम्पुमा सवार उदयपुर त्रियुगा नगरपालिका १ बस्ने प्रकाश पौडेल, रन्जन थापा, मणि कटुवाल तथा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका ३ बस्ने रोशन राई, पछाडी सवार सोही ठाउँका रमन कार्की सामान्य घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने टेम्पुका चालक जिल्ला प्रहरी कार्यालयमा छन् ।