• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चितवनमा मधेशका पत्रकारहरुको प्रशिक्षक प्रशिक्षण तालिम

चितवनमा मधेशका पत्रकारहरुको प्रशिक्षक प्रशिक्षण तालिम

चितवन, ०२ पुस । सर्च फोर कम ग्राउण्डको आयोजनामा चितवनको सौराहामा न्याय र सुरक्षामा सिमान्तकृत समुदाय तथा महिलाको पहुँच विषयक समाचार लेखन प्रशिक्षक प्रशिक्षण तालिम शनिवारदेखि सञ्चालन भएको छ ।
मधेशका ११ जिल्लाका पत्रकारहरुको सहभागिता रहेको तीन दिने तालिममा महिला तथा सिमान्तकृत समुदायको न्याय र सुरक्षामा अझैं पहुँच नसकेका कारण महिला तथा सिमान्तकृत समुदाय समस्या भोग्न बाध्य रहेको प्रति सहभागि रहेको प्रति चिन्ता व्यक्त गरियो । मुलुकको कुल जनसंख्याको ५१ प्रतिशत महिला नै रहेको भएपनि न्याय र सुरक्षासँगै विभिन्न निकायवाट महिलाले पाउने सेवा सुविधामा समेत व्यापक अनियमितता भईरहेको यसप्रति सञ्चार जगत गम्भीर बन्नुपर्ने तथ्यमा जोड दिईएको छ ।
तालिमको पहिलो दिन मुलुकमा महिलाको अवस्था, संविधानमा महिला अधिकारका कुराहरु, महिला अधिकार सम्बन्धी अन्तरराष्ट्रिय कानुनहरु लगायतका विषयमा छलफल भएको छ । यसैगरी द्वन्द्व, हिंसा तथा हिंसा न्यूनिकरणका र द्वन्द्व रुपान्तरणका वारेमा समेत छलफल गरिएको छ ।
न्याय तथा सुरक्षाको क्षेत्रमा अझै विद्यमान विभिन्न प्रकारका समस्याहरुले उक्त क्षेत्रमा अझै महिला तथा सिमान्तकृत समुदायको पहँुच हुन नसकेको प्रशिक्षक भोला दाहालले जानकारी गराएका । दण्ड हिनता, झञ्झटिलो तथा खर्चिलो न्याय तथा सुरक्षा प्रणाली, विचौलीयाको प्रभाव, सर्वसाधारणमा चेतनाको कमी लगायतका समस्या न्यूनिकरणका लागि सञ्चारकर्मीहरुले सार्थक कलम चलाउनु पर्नेमा उनले जोड दिए ।
सम्बादका मार्फत शान्ति निर्माण तथा द्वन्द्व रुपान्तरणका लागि सर्च फर कमन ग्राउण्ड नेपाल सहित हाल विश्वका ३५ मुलुकमा काम गरिरहेको अर्का प्रशिक्षक प्रकाश लुईटेलले जानकारी गराए । सुरक्षा तथा न्यायको एकिकृत अबधारणा अनुरुप पहुच नामक परियोजना हाल सञ्चालनमा रहेको उनले वताए ।
तालिममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, दांग, नवलपरासि, कपिलबस्तु, सर्लाही, सुनसरी लगायतका जिल्लाहरुका सञ्चारकर्मीहरुको सहभागिता  रहेको छ । दोस्रो दिनको प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति शिव गाउँले, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मालगायतले प्रशिक्षण दिने जनाईएको छ ।