• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एमालेले संसद अवरुद्ध गरी मुलुकलाई अनिर्णयको बन्दी बनाउनु राष्ट्रहित विपरितः परराष्ट्रमन्त्रि डा. महत

एमालेले संसद अवरुद्ध गरी मुलुकलाई अनिर्णयको बन्दी बनाउनु राष्ट्रहित विपरितः परराष्ट्रमन्त्रि डा. महत

वीरगंज, १ पुस । परराष्ट्रमन्त्री डा. प्रकाशसरण महतले नेकपा एमालेले संसद अवरुद्ध गरी मुलुकलाई अनिर्णयको बन्दी बनाउनु राष्ट्रहित विपरित भएको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रि डा. महतले मुलुकलाई निकासदिन दलहरुबीच आपसी सम्वाद र छलफल जारी रहेको बताए । उनले संसदमा पेश भएको संविधान संशोधनको प्रस्ताव छलफलमा लगेर मुलुकलाई निकास दिनुपर्ने बेलामा एमालेलगायतका जिम्मेवार दलहरुको अल्पकालिन राजनीतिक स्वार्थका कारण मुलुक अप्ठ्यारोमा परेको बताए ।
उनले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई पारितगरि मधेशी जनताको जनचाहनालाई सम्बोधन गर्ने पक्षमा नेपाली कांग्रेस रहेको बताउँदै संविधान कार्यान्वयन तर्फ एमाले र मधेशवादी दलहरु समेत लाग्नु पर्ने कुरामा जोड दिए । परराष्ट्रमन्त्रि डा. महतले संविधान कार्यान्वयनका लागि स्थानीयलगायत तीन तहकै निर्वाचन तोकिएकै समय सिमा भित्र गराउनु पर्ने कुरामा जोड दिदै पुरानै संरचनामा भए पनि जति सक्दो छिटो स्थानीय निकायको निर्वाचन गरी मुलुकलाई स्थिरता र सम्बृद्धि तर्फ अगाडी बढाउनुको विकल्प नभएको बताए ।
नेपाल प्रेस युनियन पर्सा शाखाका सभापति रामनारायण कुर्मिको अध्यक्षता सम्पन्न पत्रकार सम्मेलनमा सांसदद्वय अनिल रु·टा, राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेसका नेताहरु जनार्दन सिंह क्षेत्री, राकेश सिंहलगायत नेपाली कांग्रेसका शुभेच्छुक एवं भातृ संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।