Top_Header_Right_Add

संशोधन प्रस्ताव आंशिक रुपमा सकारात्मक छः अध्यक्ष झा

संशोधन प्रस्ताव आंशिक रुपमा सकारात्मक छः अध्यक्ष झा

राजविराज, २३ मंसिर । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले संविधान संशोधन प्रस्ताव पूर्ण नभए पनि आंशिक रुपमा सकारात्मक रहेको बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा विहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । पूर्व मन्त्री समेत रहेका झाले भने ‘हालै ल्याईएको संशोधन प्रस्ताव पूर्ण नरहे पनि आंशिक रुपमा सकारात्मक रहेकोले पारित हुनुपर्दछ, मधेशी जनताको बलिदानी र कठोर आन्दोलनको बलमा संशोधन प्रस्ताव आएकोले यसलाई आंशिक सफलताको लिनुपर्दछ ।’
संशोधन प्रस्तावले मधेशको सम्पूर्ण मुद्दा सम्वोधन नगर्ने भए पनि प्राप्त उलब्धीलाई ग्रहण गर्दै थप विषयहरुकालागि आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए । अहिले पनि ठूला दलहरु संशोधन प्रस्तावको पक्षमा नरहेको प्रष्ट पार्दै उनले भने ‘मधेशीलाई कुनै पनि हक अधिकार सहज रुपमा पक्षमा उनीहरु छैनन्, त्यसैले संशोधन प्रस्तावलाई संशोधन गरी पारित गर्नु आवश्यक छ ।’
संविधान संशोधन विरुद्ध नेकपा एमाले कठोर रुपमा प्रस्तुत भईरहेको भन्दै अध्यक्ष झाले मधेशबाट मधेशवादी दलभन्दा बढी मत पाएकोले मधेशको पक्षमा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिए । ‘संविधान संशोधनमा नेकपा एमाले थप लचिलो भएर प्रस्तुत हुनुपर्दछ, यदी आफ्नो शैलीमा परिवर्तन नल्याएन भने मधेशी जनताले पनि एमालेलाई चिन्नु जरुरी छ’ उनले भने ‘संशोधन प्रस्तावलाई थप संशोधन गरी सर्वसम्मतीबाट पारित गर्न सम्पूर्ण संसदीय दलले आ–आफ्नो स्थानबाट जिम्मेवार भएर भूमिका खेल्नु आवश्यक छ ।
ठूला दलहरुले संविधान कार्यान्वयनको नाममा जसरी भए पनि देशमा स्थानीय निकायको चुनाव गराउन चाहिरहेको प्रष्ट्याउँदै उनले मधेशको समस्या समाधान नभएसम्म कुनै पनि हुन नसक्ने बताए । देशमा देखिएको जटिल समस्याको रुपमा रहेको संविधान संशोधन कार्यलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्न अध्यक्ष झाले सम्वन्धित पक्षसँग आग्रह गरे ।
सोही पत्रकार सम्मेलनमा नेपाल सद्भावना पार्टी निर्वाचन आयोगबाट मान्यता समेत पाईसकेको अवस्थामा सरिता गिरी पार्टीको लेटरप्याड समेत प्रयोग गरी भ्रम फैलाउने काम गरेको अध्यक्ष झाले बताए । पार्टी एकिकरण पश्चात २०७२ चैत्र २६, २७ र २८ गते सम्पन्न महाधिवेशनमा समेत उनी सहभागी नभएको बताउँदै अध्यक्ष झाले भने ‘निर्वाचन आयोगबाट समेत आफूले मान्यता पाईसकेको तथा हालसम्म अदालतबाट कहीकतैबाट कुनै किसिमको कुनै जानकारी पाएको छैन, त्यसैले पार्टीको विषयमा भ्रम नहोस् ।’
पत्रकार सम्मेलनमा सांसद डिम्पल झा, पार्टीका केन्द्रीय नेताहरु रामनारायण यादव, विवश विद्रोहीलगायतको उपस्थिति रहेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer