• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

यो संशोधन प्रस्तावको औचित्य छैन, अर्को ल्याउनुपर्छः अध्यक्ष यादव

यो संशोधन प्रस्तावको औचित्य छैन, अर्को ल्याउनुपर्छः अध्यक्ष यादव

राजविराज, २२ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग छलफल नै नगरी ल्याईएको संशोधन प्रस्तावले ठग्ने कार्य मात्र हुने भन्दै खारेजको माग गरेका छन् ।
सप्तरीको नर्घो गाउँ विकास समिति स्थित झहुरा चौकमा बुधवार आयोजित पार्टी प्रवेश सभालाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । हालै ल्याईएको संशोधन प्रस्ताव मधेशी, आदिवासी, दलित, जनजाती, मुस्लिमलगायत पछाडि परेका समुदायको हितमा नरहेको प्रष्ट पार्दै अध्यक्ष यादवले भने ‘संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग छलफलै नगरी ल्याइएको संशोधन प्रस्तावले अधिकारबाट बञ्चित समुदायलाई ठग्ने काम मात्रै हुने भएकोले उक्त प्रस्ताव खारेज गरी आफूहरुसँग भएको सहमती अनुसारको प्रस्ताव पारित गर्नु आवश्यक छ ।’upendra-yadav-4
आफूहरुको माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव नल्याईए सशक्त आन्दोलन बाहेक अर्को विकल्प नरहने उनले अध्यक्ष यादवले बताए । कठोर आन्दोलनका उपलब्धिहरु प्राप्त नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताउँदै उनले भने ‘तीन ठूला गैर जिम्मेवार रुपमा भईरहेकोले शोषित उत्पीडित जनताले सशक्त आन्दोलन गर्नु बाहेक अर्को विकल्प रहदैन ।’ प्रुमुख तीन दलको रबैयामा सुधार नआए पुनः कठोर आन्दोलनकै बाटो अख्तियार गर्नुपर्ने शंकेत देखिएकोले आन्दोलनकालागि तयार रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
क्षेत्रीय अध्यक्ष अमरनाथ यादवको अध्यक्षतामा आयोजित सभा पार्टीकी उपाध्यक्ष एवम् मधेश प्रदेश प्रमुख रेणु यादवले संसदमा ल्याईएको संशोधन प्रस्तावले मधेशी जनताको हक अधिकार सुनिश्चित हुन नसक्ने भन्दै आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताईन् । पार्टीका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले कपटीपूर्ण ढङ्ग संशोधन प्रस्ताव ल्याई तीन ठूला दलले जनतामा भ्रम छर्ने काम गरिरहेकोले सचेत रहन आम जनतासँग आग्रह गरे ।upendra-yadav-2
सभामा पार्टीका केन्द्रीय सदस्यहरु सञ्जय सिंह, खलिद सिद्दिकी, विनोद चौधरी, जगदेव यादव, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, जिल्ला कमिटि समिति सदस्य सुरेन्द्र यादव, क्षेत्रीय ईञ्चार्ज शिवशंकर यादवलगायतले मन्तव्य व्यक्त गरे । सोही सभामा गम्हरिया प्रवाहा गाविसका पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका स्थानीय नेता धनीराम महात्मान, नेपाली कांग्रेसका महेश यादव, नेकपा एमालेका चितरञ्जन यादव, दलित जनजाती पार्टीका चुल्हाई मण्डलसहित नर्घो, झुटकी, बनौली, गम्हरिया प्रवाहा, औरही, भूतही, कविलासा, सिम्राहा सिंगियोन, फकिरा गाविसबाट करिब एक हजारको संख्यामा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई अध्यक्ष यादवसहित केन्द्रीय नेताहरुले अबीर लगाएर स्वागत गरेका छन् । कार्यक्रम सञ्चालन जिल्ला सह–सचिव उपेन्द्र साह र क्षेत्रीय सचिव वीरेन्द्र यादवले गरे ।