श्यामसुन्दर पासवान÷कञ्चरुप, मंसिर २२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–८ स्थित रुपनगरमा बुधबार बिहान बहुला कुकुरले टोकेर आधा दर्जन सर्वसाधारणलाई घाईते बनाएका छन् ।
रुपनगर स्थित बस्तीपुर र श्रावणपुरमा बहुला कुकुरले टोकेर घाइते हुनेहरुमा भुपनारायण श्रेष्ठ, मैयादेवी कोईराला, सङ्गम भट्टराई, कौशिला श्रेष्ठ, छत्रनारायण श्रेष्ठ र चक्र पोखरेल रहेका छन । पोखरेलको कण्ठमा बहुलाहा कुकुरले टोकेर भागेपछि उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागी बिपि कोईराला विज्ञान प्रतिष्ठान घोपा धरान लगिको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।
सोही कुकुरले त्यसक्षेत्रका दर्जन बढी पशु चौपायालाई टोकेको जनाईएको छ । बहुला कुकुरको टोकाईबाट त्यसक्षेत्रका बासिन्दा त्रसित भएका छन् ।