• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका मुखियालाई फोटोग्राफर अफ द एअर अवार्ड

सप्तरीका मुखियालाई फोटोग्राफर अफ द एअर अवार्ड

राजविराज, २१ मंसिर । भारतमा ‘सलिस अनलाइन मेगजिन’द्वारा सञ्चालित ‘बेस्ट फोटोग्राफर अफ द एअर अवार्ड २०१६ को अवार्ड सप्तरीको राजविराज निवासी सुरेश मुखियाले जित्न सफल भएका छन् ।
अन्तराष्ट्रिय स्तरको उक्त प्रतियोगितामा विश्वभरिका उत्कृष्ट १० मध्ये मुखियाको तस्विर उत्कृष्ट घोषित भएका हुन् । नेपालबाट एक्लो प्रतिष्पर्धीको रुपमा रहेका मुखिया भोटका आधारमा अत्यधिक मत प्राप्त गरेका छन् । उनी राजविराज–३ निवासी तपेश्वर मुखिया र माला मुखियाका सुपुत्र हुन् । उनका माता–पिता माछा व्यवसायी हु्न् ।award
छनौटमा परेका फोटोग्राफरहरु आयन समानता, वृन्दा तैलोर, ऋत्विका बेनर्जी, विजय अरुण, जुबै खान, मिस्बह अलि, कुनाल शर्मा, सुरेश मुखिया, प्रज्वल राजपुत र देबोजित चक्रबोर्टी मध्ये उनी सर्वोत्कृष्ट भएका छन् । विजेता घोषित भएका उनलाई भारतको मुम्बईमा आयोजित एक समारोहका बीच डिसेम्बरमा अवार्ड प्रदान गरिने जनाईएको छ ।
आफूलाई अत्यधिक मतदान गरेर विजयी बनाउनमा सहयोग गर्ने सबैलाई मुखियाले धन्यवाद दिएका छन् । यो अवार्डले आफुलाई फोटो पत्रकारको रुपमा चिनाउन तथा काम गर्न अझ उत्साहित भएको उनले ‘न्यूज टुडे’सँगको कुराकानीको क्रममा बताए ।